ऋषि खनाल (रितिक)
नेपाली कांग्रेसका लागि संवाद केन्द्र Talk Center द्धारा आयोजित “तीजको उपलक्ष्यमा महिला सम्मान एवं दर खाने कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रम नेपाली कांग्रेसका बरिस्ठ नेता एवंम पुर्ब उपप्रधान तथा गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । साथै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले र बन तथा वातावरण राज्यमन्त्री रुपा वि•क काे पनि उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा पाँच विदाका उत्कृष्ट पाँच महिला लाई सम्मान गरिएकाे थियाे । राजनीतिक क्षेत्रबाट राष्ट्रिय सभा सदस्य मा. बिष्णु देवि पुडासैनी , कला संस्कृती एवं गायनमा बरिस्ठ गायिका कुन्ती मोक्तान , साहित्यतर्फ साहित्यकार सन्ध्या पहाडी , समाजसेवाबाट आमा बिहिन हरुकी आमा जुनु पुन मगर र खेलकुद बिदामा नेपाल महिला क्रीकेट टीमकि राष्ट्रिय कप्तान इन्दु बर्मालाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथी सिटाैलाले नेपाली कांग्रेसका लागि संवाद केन्द्र Talk Center ले यस पटक तिजकाे अवसरमा भिन्न कार्यक्रम गरेकाे मा आयाेजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
नेता सिटाैलाले महिला हरूमा सहनशिल क्षमता पुरूषमा भन्दा धेरै हुने भएकाेले हरेक क्षेत्रमा महिलाहरूले नेतृत्व गरेकाे कार्य सफल भएकाे बताउनुभयाे । उहाँले सम्मानित सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै भेलीका दिनमा जस्ताे सुकै सहयाेग गर्नु परे पनि पार्टी तयार रहेकाे जानकारी दिनुभयाे ।
कार्यक्रम काे बारेमा प्रस्ट पार्दै नेपाली कोङ्रस का यूवा नेता एवंम नेपाल बिद्यार्थी संघका पुर्ब माहामन्त्री बलदेव तिमिल्सेनाले नेपालमा विभिन्न बिदामा याेगदान पुर्याउने
मुर्धन्य व्यक्तित्वहरु लाई सम्मान गर्ने पाउँदा निकै खुसी लागेकाे र भाेली का दिनमा यस्तै प्रकारकाे कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्वता जनाउनुभयाे
साथै उक्त सम्मान समाराेहमा बाग्लुङ जिल्ला सभापती एवं गण्डकी प्रदेश सांसद मा. जीत बहादुर शेरचन लगाएत जिल्ला सभापति, नेपाली कांग्रेस र भातृ सुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्य हरु र विशेष गरि महिला दिदिबहिनीहरुको उपस्थिति रहेकाे थियाे।
अन्त्यमा कार्यक्रमका सभापति रत्न हरि ढुङ्गेलले सम्मानित मुर्धन्य व्यक्तित्वहरुको उज्ज्वल भबिस्यको शुभकामना दिदैं कार्यक्रमका विशेष अतिथि, अतिथिगण, र निमन्त्रणा लाई स्वीकार गरि पाल्नुहुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै भब्यताका साथ कार्यक्रम सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पुर्णलाई विशेष धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।