सुमन सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार ०४:२८

नेपाल गोजुरियो कराते डो संघले कराते खेलाडी सुमन तिमल्सिनालाई सम्मान गरेको छ । संघकै आयोजनामा भएको दक्षिण एसियाली खुला कराते च्याम्पियनसिपका दौरान सुमनलाई सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुमनलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सुमनले अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका थिए ।

दक्षिण एसियाली खुला करातेमा नेपाल ४० स्वर्णसहित टिम च्याम्पियन बन्यो । नेपालसहित ४ राष्ट्र सहभागी प्रतियोगितामा भारतले २३ तथा बंगलादेश र श्रीलंकाले समान १–१ स्वर्ण जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु