एस.बी.सी. एशियन बक्सिङ्ग विशेष साधारण सभा तत्काल वल्र्ड बक्सिङ्गमा सहभागि नहुने भए मतदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार ०४:५७

सन् २०२४ अगस्त ३१ तारिखमा यु.ए.ई.को आबुधादी शहरमा सम्पन्न ए.एस.बी.सी एशियन बक्सिङ्ग कन्फेडरेसनको विशेष साधारण सभाले वल्र्ड बक्सिङ्गमा जाने वा नजाने भन्ने विषयमा भएको मतदानमा आवश्यक दुई तिहाई बहुमत प्राप्त गर्न असफल भएकोले तत्काल ए.एस.बी.सी. वल्र्ड बक्सिङ्गको सदस्यको रुपमा नजाने भएको छ । आज भएको मतदाता ३६ देशका सहभागी मध्ये १९ देशका प्रतिनिधिहरुले वल्र्ड बक्सिङ्गमा जान नहुने भनि विपक्षमा र १४ देशका प्रतिनिधिहरुले वल्र्ड बक्सिङ्गमा जानु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक वटा मत बदर भएको थियो ।
उक्त प्रस्ताव असफल भए लगत्तै भएको छलफलमा यु.ए.ई. बक्सिङ्ग संघका अध्यक्षले ए.एस.बी.सी. तत्काल वल्र्ड बक्सिङ्गमा नजाने साधारण सभाले पारित भएको र आईवा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले मान्यता खारेज गरेकाले साधारण सभाको एजेण्डा भन्दा भिन्न ए.एस.बी.सी एक स्वतन्त्र एशियन बक्सिङ्ग संघको रुपमा स्थापना हुनुपर्ने भनी अनुरोध गर्दा साधारण सभाका अध्यक्षले उक्त बुदा साधारण सभाले पारित गरियोस भनी राखेको प्रस्तावमा मतदान हुँदा ए.एस.बी.सी.को विधानको बुदा नं १९.८ अनुसार कुल सहभागी सदस्य राष्ट्र ३६ मध्ये दुई तिहाई बहुमत २४ राष्ट्रको समर्थन हुनु पर्नेमा केवल ५२ प्रतिशत (१९ मत) मात्र सहमत जनाएकोले विधान अनुसार उक्त एजेण्डा पनि पारित हुन सकेन ।
अन्तमा ए.एस.बी.सी.का अध्यक्ष पिचाई चुनाभाग्राले विद्यमान विश्व बक्सिङ्गको यस कठिन अवस्थामा बक्सिङ्ग खेललाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले मान्यता दिएको अन्तर्राष्ट्रिय खेल संघलाई समर्थन गरेर आगामी ओलम्किमा बक्सिङ्गलाई सुरक्षित गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

उक्त विशेष साधारण सभामा सहभागी हुन नेपालबाट नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले र महासचिव मान बहादुर भण्डारी हिजो युएई प्रस्थान गर्नु भएको थियो । युएईमा हुदा ए.एस.बी.सी एशियन जुनियर तथा स्कुल बक्सिङ्ग प्रतियोगितामा सहभागी नेपाली बक्सिङ्ग खेलाडीहरुलाई भेटी टोलीको उत्साह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु