दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘सानो संसारको टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार ५:०९

काठमाडौं । चलचित्र ‘सानो संसारः स्टोरिज अफ मिडल क्लास’को टिजर सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको टिजर म्युजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको हो।

मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण गरिएको छ ।

नयाँ कलाकारलाई लिएर बनाइएको यो फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सीतादेवी तिमल्सिना, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

राजधानी मिडिया र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । माधव वाग्ले कार्यकारी निर्माता हुन् । ‘सानो संसार’ असोज ११ बाट प्रदर्शन तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु