राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

भ्रमण वर्षको अन्तर्राष्ट्रिय समन्वय सदस्यमा युरोपाटिका सम्पादक रेग्मी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार १४:३८

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । 

नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि पत्रकार रेग्मीलाई सदस्य मनोनित गरिएको नगर प्रमुख दाहालले प्रदान गरिएको पत्रमा उल्लेख छ । 

महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले रेग्मीलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु