राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

साइप्रसमा तीज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १८ गते, मंगलवार १५:५५

मनिशा अर्याल, साइप्रस!

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज १ सेप्टेम्बर २०२४ निकोशिया स्थित एन्थोनिक हलमा सफलतापूर्वक सम्पन्न भएको छ।

सेन्टर फर सोसल इन्नोवेशनको आयोजनामा भएको तीज विशेष कार्यक्रममा साइप्रसमा स्थापित लाखे कृयसन, नेपाल मगर संघ साइप्रस, सहकार्य बचत समूह, रुपन्देही सेवा समाज साइप्रस , प्रदेशी दिदिबहिनी बचत समूह लिमासोल , तथा मिटिया पाटनर सेफ्नो टि. भि ,युरोप गतिविधि , न्युज लाइन्स नेपाल डट कम को संयुक्त सह आयोजनामा भएको सो कार्यक्रममा साइप्रसमा कार्यरत सम्पुर्ण नेपालीहरुको साथ सपोर्ट मा भब्यताको साथ समापन गरिएको छ। नेपालीहरुको अथक परिश्रम र लगनशिलताले यो कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएकोमा गौरव भाव बिकास श्रेष्ठ ले ब्यक्त गर्नुभएको छ।
नि: शुल्क तीज दर कार्यक्रम साइप्रसमा दोर्सो अडिसन रहेको थियो । एक आपसमा आत्मीयता साटासाट गर्दै आफ्नो संस्कार परम्परा रितिरिवाज लाई जगेर्ना गर्नुपर्छ, भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो।

प्रमुख अतिथि अवैतनिक वाणिज्य दूतावास निकोसिया साइप्रसका प्रमुख डा. राम जीवन पन्जियार ,विशेष अतिथिहरू, श्रीमती नीलम पंजियार, Kundan Karki ICC सदस्य, र Suresh Sah को उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अवैतनिक वाणिज्य दूतावास निकोसिया साइप्रसका प्रमुख डा. राम जीवन पन्जियार सम्माननीय , वहाँकी श्रीमती नीलम पंजियारद्वारा पानसमा बत्ती बालेर आरती गर्दै कार्यक्रमको सुभारम्भ गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाली कन्सुलर डा .डाक्टर पंजियारले प्रेरणादायक मन्तव्यले कार्यक्रमलाई झनै विशेष पार्यो।
सो तीज बिशेष कार्यक्रममा स्वागत मन्तव्य Aasha Budha Magar ले गर्नुभएको थियो ,भने औपचारिक कार्यक्रम बिबा गहतराज र सांस्कृतिक कार्यक्रम मनिशा अर्याल ले संन्चालन गर्नुभएको थियो।
औपचारिक कार्यक्रमपछि स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरे, जसले कार्यक्रमलाई सांस्कृतिक र मनोरञ्जनात्मक बनायो।सङ्गै हाम्रो देशको राष्ट्रिय ( गहना ) कलाकारहरु लाई हौसला स्वरुप मायाको चिनो बाट सम्मान गरियो।

दिनभरिमा उपस्थित सबै अतिथिहरु लाई स्वादिलो खाना , पानी पेय पदार्थ र मिठाईहरुको साथमा तीजको दर खुवाइयो।
कार्यक्रममा सहभागी हुनुहुने साथ समर्थन गर्नुहुने, वा कुनै पनि प्रकारले योगदान गर्नुहुने सबै लाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
आगामी दिनहरूमा यस्तै कार्यक्रमहरुको आयोजना गरिने समेत जानकारी प्राप्त भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु