तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शर्माको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १९ गते, बुधबार ७:१३

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलबार बिदाइ गरिएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । मंगलबारै छुट्टै कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागले पनि शर्मालाई बिदाइ गरेको थियो ।
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागकी उप निर्देशक संगीना वैद्य, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, एथलेटिक्सकी प्रमुख प्रशिक्षक उषा कर्ण, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, तालिम तथा प्रशिक्षक विभागका वरिष्ठ अधिकृत सुजन खतिवडालगायतले एक कार्यक्रमबीच शर्मालाई बिदाइ गरे । २०५२ साल माघ १० गते राखेपमा सेवा प्रवेश गरेका शर्माले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु