राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

पहिलो ओलम्पिक पदक विजेता पलेशालाई राखेपको भब्य स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १९ गते, बुधबार १७:५८

काठमाडौं, भदौ १९ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भब्य स्वागत गरेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गरे । त्रिभूवन विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति रहेको थियो ।

त्रिभूवन विमानस्थलमा स्वागतपछि पलेशासहित अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठको टोलीलाई नगरपरिक्रमा गराइएको थियो । त्रिभूवन विमानस्थलबाट सुरु भएको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, पलेशाको गृह क्षेत्र बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै त्रिपुरेश्वरस्थित राखेपको प्राङ्गण आएर कार्यक्रममा परिणत भएको थियो । नगर परिक्रमाको अग्र भागमा प्रहरीको स्कटिङ टोली, एपीएफको ब्यान्ड टोली, फोटो पत्रकार र क्यामराम्यानका लागि छुट्टाइएको सवारी साधन र त्यसपछि पारा तेक्वान्दो टोलीका लागि व्यवस्था गरिएको सवारी साधन थियो । ट्राफिक व्यवस्थापन चुस्त थियो ।

पारा तेक्वान्दो टोली सवार सवारी साधनमा खेलकुद मन्त्री चौधरी, सदस्य–सचिव घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ थिए ।

खेलकुदमन्त्री चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले खेल संघलाई खेल विकासमा ध्यान दिन आग्रह गर्दै एकतवाद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न पलेशा, प्रशिक्षक कविराज नेगी लामा, नेपाल तेक्वान्दो संघ, पलेशाका परिवारलगायतको धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको बताउदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको जानकारी गराए ।

उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदकी रजत पदक विजेता) लाई युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरे । सदस्य–सचिव घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भैसकेको बताए । उनले पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको बताउदै यो खातामा पदक थप्न कैयन् खेलाडी लागि पर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत ग¥यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।

पलेशाले न्यानो स्वागतका लागि धन्यवाद दिदै आफूले पदक जित्छ भन्ने सबैको भरोसालाई कायम राख्दै सफल भएकोमा खुशी व्यक्त गरिन् । पलेशाले आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्र र सम्पूर्ण नेपालीको भएको बताइन् ।

पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबै भन्दा ठूलो हतियार भएको बताउदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गरिन् ।

नेपाल पारालिम्पिक कमिटकिा कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटी र नेपाल तेक्वान्दो संघका प्रवक्ता सामराज्यविक्रम पाण्डेले नेपाललाई अमूल्य पदक दिलाएकोमा पलेशासहित सम्पूर्ण टिमलाई बधाइ दिए ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् ।

पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो ।

पेरिस पारालिम्पिकमा पलेशा, भरतसहित पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि प्रतिस्पर्धा गरेका भरत पहिलो चरणमै जापानका खेलाडीसंग पराजित भए । भीम एस– ९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा हित चरणबाटै बाहिरिए ।

हार्दिक धन्यवाद

पेरिस पारालिम्पिक– २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउनु भएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनसहित पारा तेक्वान्दो टोलीको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाइ दिनु भएकोमा सम्पूर्णमा राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं ।

पलेशा गोबर्धनको यो सफलतामा सहयात्री बनेर पलेशा गोबर्धनको संघर्षमा साथ दिने र सहयोग गर्ने पलेशा गोबर्धनका परिवार, प्रशिक्षक कविराज नेगी लामा, पारा तेक्वान्दोलाई लक्षित गरी योजनाबद्ध कार्यक्रम बनाएर अगाडि बढेको नेपाल तेक्वान्दो संघ र पारा तेक्वान्दोको अन्तर्राष्ट्रिय सहभागितामा टिम व्यवस्थापकको भूमिका निर्वाह गर्नु हुने राष्ट्रिय खेलकुद परिषद् एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ प्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं ।

साथै राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ¥याली सहितको नगरपरिक्रमा तथा स्वागत कार्यक्रममा सहभागी भइ सहयोग गर्नु हुने नेपाल तेक्वान्दो संघ परिवार, नेपाल पारालिम्पिक कमिटी परिवार, नेपाल ओलम्पिक कमिटी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, पलेशा गोबर्धनका परिवारजन, खेलाडी, प्रशिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, शुभचिन्तकलगायत सम्पूर्णमा हार्दिक धन्यवाद ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु