दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

टाइम्स र रिभोल्टलाई थ्री एक्स थ्री बास्केटबलको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २४ गते, सोमबार ०३:५५

२३ भदौ, काठमाडौं । टाइम्स ए र रिभोल्ट ए ले श्री ’थ्री एक्स थ्री’ बास्केटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा टाइम्स ए ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१–१७ ले हराउँदै च्याम्पियन बनेको हो ।
यस्तै महिलातर्फ रिभोल्ट ए ले हाउण्ड्सलाई ११–९ ले हरायो ।
श्री एअरलाइन्सको आयोजना र नेपाल बास्केटबलको संघको सहयोगमा राष्ट्रिय महिला बास्केटबल टिमले व्यवस्थापन गरेको प्रतियोगिता कर्पोरेटतर्फ इजी सर्भिसले जित्यो । फाइनलम इजी सर्भिसले बीएस धौवलागिरीलाई १४–११ ले हरायो ।
पुरुषतर्फ श्रेयांस बहादुर शाह तथा महिलातर्फ छिरिङ चोकी शेर्पा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै कर्पोरेटतर्फ प्रविन गुरागाईँ मोस्ट भ्यालुएबल प्लेअर बने ।
दुई दिने प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ ८ र कर्पोरेटतर्फ ८ टिमको सहभागिता थियो ।
विजेता खेलाडीहरुलाई नाइन सेभेन सेभेनले ५० हजार बराबरको, पोशिलो फुड्सबाट ६ हजार बराबरीको तथा ग्लामोर हेयरको तर्फबाट १० हजार बराबरको गिफ्टह्याम्फर प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु