तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २४ गते, सोमबार १८:३०

स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा भब्यता पुर्वक सम्पन्न भएको छ । विशाल मुभीजको आयोजनामा राखिएको कार्यक्रमको अध्यक्षता यसै सस्थाका अध्यक्ष हुम गैरेले गरेका थिए भने कार्यक्रममा राशि रिजालले उध्घोषण गरेकी थिइन ।

प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरीयको थियो । यसैक्रममा लोक गायक तथा सर्जक मोतिराज खनालले सर्वोत्कृष्ट एकल तिजगीत गायकको अवार्ड बिजेता बनेर २०८१ सालमा रेकर्ड कायम गरेका छन । खनालले दुइदशक देखि गीत संगितमा आफ्नो समय समर्पित गर्दै आएका छन । खनालका दर्जनौं गीत बजारमा आइसकेका छन । खनालका गीतमा मौलिकता भेटिन्छ भने संस्कृती पनि झल्किएको हुन्छ । संघर्षको इतिहास बोकेका खनालले यसपाली पनि नक्कले साईली नामक तिजगीत सार्वजनिक गरेका थिए । उक्क्त गीतले राम्रो बजार पाएको थियो । यही नक्कले साईली तिजगीतले खनाललाई सर्वोत्कृष्ट एकल तिजगीतको अवार्ड पनि दिलाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु