एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

रिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार ०३:२४

काठमाडौं, २४ भदौ । रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ । आज (सोमबार) क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गरेका हुन् ।
त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ । व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ ।
रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गरे । पलेशाले लगातार ११ वर्षसम्म संघर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उनले बताए ।
‘पलेशाजीले शिखर चुम्नुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्नुभयो । उहाँले लगातार ११ वर्ष संघर्षको फल देशले पायो । यो देशको गौरव हो, नेपाली जनताको शान, मान र प्रतिष्ठा हो,’– उनले भने ।
सभापति धमलाले हरेक व्यवस्था परिवर्तनमा रिपोर्टर्स क्लब नेपालले योगदान पुर्याएको स्मरण गराए ।
काश्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताईन् । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उनले बताईन् । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बावजुद सफल भएको बताईन् । ‘ धेरै गाह्रो थियो यो मेडल ल्याउन । किनकी संघर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौं । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमिस गर्नुभएको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौं, त्यहा गोल्ड मेडल लिएरै आउनेछौं,’– उनले भनिन् ।
साथै, आफूमाथि सबैको आशा बढिरहेको पाएको पनि उनले सुनाईन् । आफूले खेल र पढाइलाई एकसाथ अगाडि लगिराखेको बताउँदै उनले आफूले जहिले पनि कडा मेहनतमा विश्वास गर्ने भएर यो सम्भव भएको बताईन् । ‘नेपालीहरुको लागि इम्पोसिबल ड्रिम थियो । त्यो पनि पोसिवल छ है भनेर मैले देखाएको छु । सबैले मलाई रोल मोडलको रुपमा लिएका छन् । मेरो स्टोरीले उहाँहरुलाई प्रभावित पारेको छ । अन्तिममा के भन्न चाहन्छु भने, तपाई सपना नछोड्नुस् । मेहनत गर्नुस्, मेहनतको फल अवश्य नै पाउनुहुनेछ,’ –उनले भनिन् ।
त्यसैगरी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले आफूहरुले पर्याप्त सुविधा दिएर पलेशालाई तयारी गराउन नसकेको बताए । राज्यले खेलाडीलाई गर्नुपर्ने व्यवहार र सहयोग गर्न नसकेको उनले बताए । तेक्वान्दोका लागि पूर्वाधार विकासको पनि आवश्यक्ता रहेको उनले बताए । ‘पलेशाले अहिले पदक हाँसिल गरेर नेपाल आउनु भएको छ । हाम्रा खेलाडीहरु, नेपालीहरु संसारसँग लड्न डराउँदैनन् । तर, त्यो किसिमको सुविधा र सहुलियत राज्यले दिन सकेको छैन,’– उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु