दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार ८:३१

(खाँदबारी) संखुवासभा, २५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा सोमबार साँझ आयोजित जिल्लास्थित कार्यालयका प्रमुखसँगको भेटमा उहाँले संखुवासभाको विकासका लागि कटिवद्ध भएर लाग्न निर्देशन दिनुभएको हो ।
मन्त्री खड्काले संखुवासभाका कतिपय स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्नुभयो । “म नेपाल सरकारको मन्त्रीसँगै यस क्षेत्रको जनप्रतिनिधीसमेत हुँ, यस क्षेत्रको विकासका लागि तपाईँहरु कटिवद्ध भएर लाग्नुहोस्,”– मन्त्री खड्काले भन्नुभयो ।

उहाँले कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगर्दा यसको असर राज्यलाई पर्ने बताउनुभयो । मन्त्री खड्काले प्रत्येक १५ दिनमा सबै कार्यालयको प्रमुखलाई बोलाएर कार्यसम्पादनका क्रममा भएका समस्यालाई बुझ्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभयो । राजनीतिक पूर्वाग्र्रह राखे विकासको काम न्यायोचित नहुने उहाँको भनाई थियो ।

उर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र संखुवासभाका सबै स्थानमा पूर्ण विद्युतीकरण भईसक्ने समेत उल्लेख गर्नुभयो । यस्तै, उहाँले अपर अरुण परियोजना र अन्य अन्य आयोजनालाई समेत चाँडो अगाडि बढाउनेगरी सरकारले काम गर्ने बताउनुभयो ।

मन्त्री खड्काले सबै पालिकाले अग्रीम सूचना पाउने गरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमीनमा सिंचाई सुविधा पु¥याउने, खाली जग्गमा सोलार प्रणाली जडान गर्नेलगायतका कामलाई समेत अगाडि बढाईने उल्लेख गर्नुभयो । उहाँले विद्युतको लाईसेन्स लिने तर काम नगर्नेको लाईसेन्स रद्द गर्ने समेत बताउनुभयो । संखुवासभाका गरिब र विपन्न नागरिकको न्यायोचित व्यवस्थापन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

उर्जा, जलस्रोत तथा सिंचाई विभागका सचिव गोपालप्रसाद सिग्देल र जल तथा उर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले संखुवासभाका ९० प्रतिशतभन्दा बढी स्थानमा विद्युतीकरण भएको भन्दै बाँकी स्थानमा पनि चाँडो विद्युतीकरण गरिने बताउनुभएको थियो । उहाँहरुले अपर अरुण जलविद्युत आयोजनालाई नेपालले आफ्नै लगानीमा भएपनि सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु