भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

ट्रायल मास्टरमा नेपालका ९ खेलाडी सहभागी हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २६ गते, बुधबार ०५:१८

मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।
सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यत्तैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयारी गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।
अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु