गोबिन्द राज ओझा
नेपाल माताको वीर सिपाही हु रणमा लडाइँ लडन जाने छु
नेपाल माताको चरणमा शिर अर्पण गर्छु
दुश्मन सँग नडराउने नेपालको सिपाही हु
देश प्रेमले गर्दा रणमा शत्रु सँग लडाइ गर्छु
वीर सिपाही छ र पो देशको सान छ
नेपाल आमाको सुरक्षाको लागि अघि बढनु छ
देशलाई आतंक बाट मुक्त गराउन खोजेको छु
सिपाही हु सेवाको हात अघि बढाएको छु
सिमानाको रक्षाको लागि लडाई गर्न तयार छु
देशको वीर सुपुत्र सदा शानले जिउने छु
जन्मभुमिको माटाे हो यो मैले चिनेको छु
देश सेवामा जिउ ज्यान सबै लगाएको छु
नेपाल माताको वीर सिपाही हु रणमा लडाइँ लडन जाने छु
नेपाल माताको चरणमा शिर अर्पण गर्छु।