-सचिन्द्र श्रेष्ठ
यूएईको दुबईमा पर्बत समाज यूएईले तीज विशेष दर खाने तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। ८ सेप्टेम्बर २०२४ का दिन वेस्टकट होटलमा भएको कार्यक्रममा पानसमा बत्ती बाली राष्ट्रिय गानबाट सुचारु गरिएको थियो । कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्य सस्थाका बरिष्ठ उपाध्यक्ष पूर्ण भुसाल सहित प्रबक्ता ऋषिराम सुबेदीले हरितालिका तीजको शुभकामना दिनु भएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलक सापकोटाले नेपाली महिलाहरूको पर्व तीजलाई बिदेसमा बस्ने महिला दीदी बहिनीलाई माईतिको तलतल मेटाउन र सबैलाई ऐक्यब्दता गराउन उक्त कार्यक्रम गरेको बताए। कार्यक्रममा प्रमुख अतिथी सस्थाका प्रमुख सल्लाहकार मणि प्रसाद भुर्तेल साथै महिला उपाध्यक्ष श्री टीका पान्डेको सम्योजकत्व तथा सदस्य श्री अनिता अधिकारीको सह-सम्योजकत्व कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल , गैर आवासिय नेपाली संघ NRNA ICC कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना , गैर आवासिय नेपाली संघ (NRNA) युएईका अध्यक्ष विकास शाही, बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्सका सन्चालक एकेन्द्र थापा,योगाचार्य गुरु ढाकाराम सापकोटा , नेपाली जनसम्पर्क समिती युएइका सभापती भुवानी तिमिल्सिना , प्रवासी नेपाली मन्च युएई सचिवालय सदस्य मणिराम खतिवडा एबं विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
तीज शुभकामना मन्तब्य तथा सत्कार गरिनुका साथै लामो समयदेखी युएईमा रहेर कलम चलाइरहेका पत्रकार लालबहादुर ढेङ्गालाइ संस्थाको तर्फबाट सम्मान पत्र सहित खादा लगाएर सम्मान गरिएको थियो।
सांसकृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल युएई शाखाका अध्यक्ष कलाकार श्री नरेन सापकोटा द्वारा “सुनेउ दिदी भाइ बोलेको माइती गाउबाट” बोलको तीज विशेष मार्मिक गीतद्वारा सांगीतिक कार्यक्रमको सुरुवात सँगै
कलाकार अर्जुन न्योपाने, ज्ञानु आचार्य, रन्जिता कुवर तथा श्याम भुर्तेलले गीत मार्फत रातो सारी लगाएर भेला भएका नेपाली चेलीबेटीहरु र अन्य दर्शकहरूलाई मनोरन्जन प्रदान गरेको कार्यक्रममा सम्पुर्ण चेलीहरुलाइ निशुल्क रुपमा दर कार्यक्रममा
एबं नेपाली परीकारहरु सहित भोजनको व्यवस्था गरिएको थियो ।
कार्यक्रमलाई संस्थाका महसचिब जगदीश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।