तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अभिनेत्री तथा मोडल रजनी गुरूङको ‘साँच्चै भन त!’ बोलको गीतको भिडिओ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २९ गते, शनिबार ५:०१

काठमाडौं ।अभिनेत्री तथा मोडल रजनी गुरूङको ‘साँच्चै भन त!’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । बुधबार उक्त भिडियोमा आफ्नै प्रस्तुती रहेको उनले ‘मंगली’ उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ ।

भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। ‘टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा’ इत्यादि उनी अभिनित फिल्महरू हुन्। ‘कहाँको साइनो, सोल्टी बजार’ आदि उनी अभिनीत चर्चित गीतमा पर्छन्। ‘मंगली’ उपनाम भने उनले हास्य सिरियल ‘मेरी बास्सै’ बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छन् ।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्। ‘यो फरक शैलीको तर मौलिक गीत हो,’ उनले भनिन् ‘दर्शकहरूले रूचाउने विश्वास छ।’ कलाकारीताको लामो यात्रमा मंगली बनेर दर्शकहरूको मन जित्ने कोसिस गरिरहेको उनको भनाइ छ । रजनीले यसअघि पनि ’माइली साली’ सोल्टी बजारमा “माली गाई लाई बाटेको दाम्ला” बोलको गीतमा अभिनय गरिसकेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु