मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

तेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार ०१:५१

स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले बाल दिवसको अवसर पारेर आयोजना गरेको तेस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल लगायत २० बढी स्कुलका करिब २०० भन्दा बढी छात्रछात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा स्वागत् मन्तव्य विद्यालयकी प्रधानाध्यापक नेहा के.सीले राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले गर्नुभएको थियो ।
६ वर्ष मुनि उमेर समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी अमग्या श्रेष्ठ , ज्ञान संस्कार स्कुलकी स्वारा खनाल र श्री शिव नर्सिङ शिक्षालयकी आरभी प्रजापतिले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी ६ वर्ष मुनि उमेर समूहका छात्रतर्फ श्री शिव नर्सिङ शिक्षालयका साम्राज्य जङ्ग कुँवर, अलकापुरीका निर्मल श्रेष्ठ, श्री शिव नर्सिङ शिक्षालयका अद्वैत एम. खरेल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यसैगरी ६ देखि ८ वर्ष उमेर समूहका छात्रातर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कष्वी भट्टराई, आंसा थापा मगर र सरिन भुसालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ६ देखि ८ वर्ष उमेर समूहका छात्र तर्फ श्री शिव नर्सिङ शिक्षालयका निभान राणा, श्री शिव नर्सिङ शिक्षालयकै केन्जो राई र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका आरोहण श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यसैगरी नै ८ देखि १० वर्ष समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी जियाना अर्याल र जुनी बुढाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ८ देखि १० वर्ष समूहका छात्र तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राट बिक्रम चन्द , निर्बिज्ञरत्न बज्राचार्य, समन पाण्डे ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै १० देखि १२ उमेर समूहका छात्रा तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, स्नेह पाण्डे साथै स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी नमिसा श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । १० देखि १२ उमेर समूहका छात्र तर्फ विल्सन एकेडेमीका नवदीप लामा , ब्राइट फ्युचरका दिपर्सन थापा , विल्सन एकेडेमीकै अभिषेक लामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१२ देखि १४ उमेर समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी इशानी श्रेष्ठ, अलकापुरी बिद्यालयकी सुबानी महर्जन र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी अनुप्रिया तण्डुकारले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ ओलिभ स्केटिङ क्लवका आर्थ बोहोरा , के. एम. सी. बिद्यालयका सिधान्त कन्दोई, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१४ देखि १६ समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुलका द्वय सुनिचा भजू र रिभा महर्जनले प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।
१० वर्ष मुनिका म्याराथुन छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामांङ, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी कश्भी भट्टराई क्रमशः प्रथम, र द्वितीय स्थान हासिल गरेका थिए भने म्याराथुन १४ वर्ष मुनि छात्रा तर्फनै अलकापुरी बिद्यालयकी सुभानी महर्जन, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी नमिसा श्रेष्ठ र इशानी श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
१० वर्ष मुनिका म्याराथुन छात्र तर्फ स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका शिशिर गौतम, ज्ञान संस्कार इन्टरनेसनल स्कुलका आरोहण श्रेष्ठ र रहिश खड्गी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । म्याराथुन १४ वर्ष मुनि छात्र तर्फ ओलिभ स्केटिङक् क्लवका आर्थ बोहोरा, हिमालय वाईट हाउसका श्रीवस्त श्रेष्ठ, विल्सन एकेडेमीका हयाप्पी श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु