लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा २० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै खेलकुदको जग भनेकै विद्यालय खेलकुद भएकोले सबै विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गरे ।
प्रतियोगितामा ७८ विद्यालयका ३ सय ८९ खेलाडीको सहभागिता रहेको एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पहिलो दिन २५ स्पर्धाको फाइनल सम्पन्न भयो । प्रतियोगिताको अन्तिम दिन आइतबार पनि २५ स्पर्धाको फाइनल हुनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजकको पौडी पोखरीमा भइरहेको छ । गत संस्करणकमा निसर्ग वाटिका टिम च्याम्पियन बनेको थियो ।