भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ स्थित गुण्डु ईङ्गलिस स्कुलका छात्र /छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । बिद्यालयका छात्र,छात्रालाई सुसूचित गराउदै सिर्जनशिल बनाउने लक्ष्यका साथ GUEES बाल क्लबद्वारा GUEES नामक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको हो । छात्र/छात्राले चार्ट पेपरमा हातैले लेखेर सोमबार देखि समाचार तथा साहित्यमुलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका छन् ।
बिद्यालयमा अध्ययरत विद्यार्थीले सिर्जना गरेका कविता, गजल, सम्पादकीय , समाचार, चुटकिला लगायत सामग्री प्रकाशन गर्ने गरि हस्त लिखित भित्ते पत्रिका प्रकाशनमा ल्याइएको हो । बिद्यालयका शिक्षक डा.नवीन कार्कीकाे सहजीकरणमा छात्र/छात्राले भित्ते पत्रिका सुरु गरेका हुन् ।’ शिक्षक डा. कार्की भन्नुभयो ‘आशा छ, यो भित्ते पत्रिकाले यस विद्यालयमा अध्ययनरत तमाम बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा दिनेछ ।’