काठमाडौं । आमाछोदिङ्मो गाउँपालिका रसुवाकी उप प्रमुख चण्डिका तामाङ “ राष्ट्रिय सेवा सम्मान २०८१” बाट सम्मानित भएकी छन् ।
आइतबार फोकस नेपाल संस्थाको १२ ओै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले उप प्रमुख तामाङलाई सम्मान गरेकी हुन् ।
सम्मानित तामाङ आमाछोदिङ्मो गाउँपालिकाको शैक्षिक सुधारका लागि कार्यक्रम संचालन तथा स्वास्थ्य र पर्यटन विकाससम्बद्ध ग्रामीण विषयवस्तुको उजागर गरेर समाज रुपान्तरणका लागि उप प्रमुख तामाङको उच्च योगदान रहेको छ। गाउँघरमै रोजगारीको अवसर सिर्जना गर्ने तर्फ पनि सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।