दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार ३:२४

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी)– नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधबार नगदसहित पुरस्कृत गरेको छ ।
एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही १ लाख नगदसहित पुरस्कृत ग¥यो ।
एनपीसी नेपालले पनि पेरिस पारालिम्पिकमा सहभागी टोलीसहित विगतका विभिन्न संस्करणको पारालिम्पिकमा सहभागी पारालिम्पियन विक्रमबहादुर राना, मैया विशुंखे, लक्ष्मी कुँवर र निर्मला ज्ञवालीलाई पनि सम्मान गरेको थियो । निर्मला भने कार्यक्रममा उपस्थित थिइनन् ।
सोही अवसरमा एनपीसी नेपालले पारा खेलकुद प्रति चासो व्यक्त गर्दै सहयोग पु¥याएवापत राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को सदस्य तथा ओसीएअन्तर्गत स्पोर्ट्स एन्ड इन्भाइरोमेन्टको अध्यक्षमा चयन भएका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य एवं पेरिस पारालिम्पिकको तेक्वान्दो टोलीका टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ, पेरिस पारालिम्पिकका नेपाली टोलीका सेफ दि मिसन सरोज श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनपीसी नेपालकी अध्यक्ष राधा घले, वरिष्ठ उपाधयक्ष केदार सिवाकोटी, एनसेलका प्रतिनिधिलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु