प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को तयारी अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ५ गते, शनिबार १९:१५

भरतपुर÷“स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संवतको पूर्व सन्ध्यामा हुन लागेको “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को तयारी अन्तिम चरणमा पुगेको छ ।
“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जि., ६० के.जि., ६५ के.जि., ७० के.जि., ७५ के.जि., ७५ के.जि.भन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।
प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
चितवनको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको प्रथम मिष्टर चितवन प्रतियोगिता खेलकूदप्रेमीहरुको लागि निकै अवसरको रुपमा लिइएको प्रतियोगिता अन्य खेलहरु मध्ये विशेष महत्वको रुपले हेरिएको र यस प्रतियोगितालाई सम्पन्न २० लाख खर्च लाग्ने छ ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभई पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव श्री दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य प्रायोजकमा युरो अटोमोटिभ प्रा.लि.(विवाईडि), सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल प्रा.लि., प्रबद्र्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका छन् ।
असोज १२ गते, शनिबार भरतपुर स्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगितालाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका उपाध्यक्ष इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु