नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,”पूर्व विद्यार्थी समाज” गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ५ गते, शनिबार २०:४१

काठमाडौ ।नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा “पूर्व विद्यार्थी समाज” गठन गर्ने उद्देश्यले नेपाल राष्ट्रिय माविबाट २०४५ सालदेखि २०८० सालसम्म एसएलसी तथा एसइइ दिएका विद्यार्थीहरूको भेला सम्पन्न भएको छ।

पूर्व विद्यार्थी रामराजा ओझाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा पूर्व प्रधानाध्यापक धनलाल महर्जन तारकेश्वर नगरपालिकाका पूर्व मेयर तथा व्यवस्थापन समितिका पूर्व सदस्य रामेश्वर बोहरा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चित्रवर ध्वज थापा वर्तमान प्रधानाध्यापक निर्मला शाक्य ग्रामीण आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र ध्वज थापा एनआर कलेजका प्रमुख राजीव धिताल रहनुभएको थियो।
सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अतिथि कविराज बस्नेतले आजको भेला ऐतिहासिक बताउँदै पूर्व विद्यार्थी समाजलाई पनि प्रतिनिधिको रुपमा विद्यालय व्यवस्थापन समितिमा स्थान दिने बताउनुभयो
पूर्व प्रधानाध्यापक धनलाल महर्जनले आफ्नो कार्यकालमा विद्यार्थीहरूको चर्चा गरिरहँदा हाँसोको फोरा उठेको थियो। साथै उहाँले विद्यार्थी खाजाको निम्ति रु ३५ हजार विद्यालयलाई प्रदान गर्नुभयो।
अन्य विशिष्ट अतिथिहरूले भेलाको सफलताको शुभकामना दिनुभएको थियो भने वर्तमान प्रधानाअध्यापक निर्मला शाक्यले विद्यालयको वर्तमान अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो।
पूर्व विद्यार्थीहरू विष्णु कार्की, सानुकाजी थापा, रफी भण्डारी, पंकज सिंह, संगीता रेग्मी ,राधिका तिमिल्सिना प्रशंसा पौडेल लगायतले आजको भेला एक आपसमा सहकार्य र एकताको निम्ति भएको बताउनुभएको थियो
विद्यालयका वर्तमान वरिष्ठ शिक्षक गोविन्दप्रसाद तिमिल्सिनाले भेलाबाट छनोट भएका तदर्थ समितिको नाम पढेर सुनाउँदा उपस्थितिहरूबाट अनुमोदन भएको थियो। साथै पूर्व शिक्षक कान्छा महर्जनले विद्यालयलाई रु २५००० प्रदान गर्नुभयो।
कार्यक्रमका सभापति रामराजा ओझाले पूर्व विद्यार्थी समाज गठनको उद्देश्य र औचित्य तथा आवश्यकताको बारेमा बोल्दै व्यक्तिगत तर्फबाट विद्यालयलाई रु १० हजार प्रदान गर्नुभएको थियो। पूर्व कनिष्ठ विद्यार्थी पूर्णिमा नेपालीबाट स्वागत मन्तव्य गरिएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी प्रशान्त गौतमबाट भएको थियो।

आजको भेलाबाट गठन गरिएको २१ सदस्य तदर्थ समितिका पदाधिकारी तथा कार्यसमितिको नामावली यस प्रकार रहेको छ-:

अध्यक्ष – रामराजा ओझा।
वरिष्ठ उपाध्यक्ष -विष्णु कार्की।
उपाध्यक्ष-हरिकृष्ण चापागाईं।
महिला उपाध्यक्ष -चनमती सापकोटा।
महासचिव -प्रशान्त गौतम ।
सचिव -शर्मिला बिडारी।
कोषाध्यक्ष -शर्मिला लामा।
सह-सचिव -सन्तोष काप्री।
सह-कोषाध्यक्ष -प्रमिला तामाङ।
सदस्यहरू:-
निरोज कार्की
सोबिता अधिकारी
पूर्णिमा नेपाली
प्रशान्त घिमिरे
पंकज सिंह
देवेन्द्र श्रेष्ठ
संगीता रेग्मी
गीता तिमिल्सिना
नकुल अधिकारी
महारानी थापा
कञ्चन ओझा र
रफी भण्डारी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु