तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साहित्यकार बिक्रम भक्त जोशी इनरुवामा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ६ गते, आईतवार ४:०७

सुनसरी । नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी इनरुवामा सम्मानित भएका छन्। जोशीलाई इनरुवामा आयोजित विशेष साहित्यिक समारोहमा सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाले शनिवार विशेष स्रष्टा सम्मान गरेको हो।

नेपाली निकथा यात्रामा पहिलो प्रयोगका रुपमा चोभार ब्लुज साहित्यिक अमर कृति निकालेर व्यापक चर्चामा आएका जोशीलाई इनरुवामा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यता तथा आयोजक सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको सभापतित्वमा भएको कार्यक्रममा जोशीलाई दोसल्ला सहित स्रष्टा सम्मान–पत्रव्दारा सम्मानित गरिएको थियो।

काठमाडौंवाट शनिवार नै विहान इनरुवा आएका सम्मानित स्रष्टा जोशीले यो सम्मानवाट आफूलाई निकथाको क्षेत्रमा कलम चलाउन थप प्रेरणा दिएको र जिम्मेवारी थपिएको महशुश भएको प्रतिक्रिया दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु