समाजसेवी लायन राजेश हिमालय सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ६ गते, आईतवार ०५:०९

काठमाडौं – लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट
तथा बरिस्ठ समाजसेवी राजेश हिमालय सम्मानित भएका छन् ।

बाल सचेतना केन्द्र नेपालको तेह्रौं वार्षिकोत्सवको अवसरमा शनिबार साहित्य सदन बौद्धमा आयोजना गरिएको बिशेश कार्यक्रममा प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा.गौरीशंकर लाल दास बिशिस्ट अतिथि बुढानिलकण्ठ नगरपालिकाको मेयर मिट्ठाराम अधिकारी र बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले राजेश हिमालयलाई सम्मान गरेका हुन् ।

सम्मानित जोशीला हिमालयले लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट हुँदा हालैमात्र जाजरकोटमा गएको भुकम्पपिडीतहरुका लागि करिब १५ लाख बराबरको लत्ताकपडा, त्रीपाल लगायतका सामग्रीहरु भाैगाेलिक बिकट जिल्ला जाजरकोटमा गएर आफैले वितरण गरेका थिए । उहाँले देशभरीका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरूपनि सहयोग गर्दै आइरहनुभएकाे छ ।

उहाँले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेकाे इसिएलएफ नेपालसंगकाे सहकार्यमा देशभरीका विभिन्न विद्यालयमा सयाैं कार्यक्रमहरू गरिसक्नुभएकाे छ । उहाँले रत्न छत्र हिमालय फाउण्डेसन स्थापना गरी शैक्षिक अभियान मार्फत विभिन्न विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरू सहयोग गर्दै आइरहनुभएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु