भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशन आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ८ गते, मंगलवार ०४:०१

काठमाडौं, ७ असोज । काशियाना फाउन्डेसनले वैश्विक महाधिवेशन आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी १० नोभेम्बर २०२४ (कात्तिक २५ गते) काठमाडौस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन गर्न लागिएको जानकारी गराइएको हो ।
उक्त कार्यक्रममा ३० देशका प्रतिनिधिहरु समहभागी हुने बताइएको छ । महाधिवेशनमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा अन्तरक्रिया हुने बताइएको छ ।

काशियाना फाउन्डेन भारतीय संस्था हो । यसले नशा (लागूऔष) मुक्ति र अपाङ्गता भएका व्यक्तिहरुका लागि कामहरु गर्दैै आइरहेको छ । यस संस्थाले विश्वका ३० वटा देशमा काम गरिरहेको बताइएको छ । काशियना फाउन्डेसनका अध्यक्ष सुमित सिंहले नशा मुक्ति नै फाउन्डेनको मूल उद्देश्य रहेको बताए ।
भारतको वनारशलाई नशामुक्त बनाउने सोचका साथ फाउन्डेसनको स्थापना गरिएको उनले बताए । तर, अहिले यसले ३० वटा देशमा लागूऔषध मुक्तिको लागि काम गरिरहेको उनले बताए । अध्यक्ष सिंहले हरेक देशमा घट्ने अपराधहरुमा लागूऔषधको ठूलो भूमिका देखिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु