एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारी अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ८ गते, मंगलवार १७:२४

भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा भरतपुरमा हुने लागेको प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
असोज ११ र १२ गते हुने प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ५५ के.जि., ६० के.जि., ६५ के.जि., ७० के.जि., ७५ के.जि., ७५ के.जि.भन्दा माथि ६ वटा क्याटगोरी र ५० वर्षभन्दा माथि माष्टर वेट खुल्ला पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । ६ वटा वेट क्याटगोरीबाट छानिएका बीच प्रतिस्पर्धाबाट मिष्टर चितवन २०८१ को बिजेता छनौट गरिनेछ । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
त्यस्तै, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीरबहादुर राना मगरले जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु