विश्व स्कुल दुध दिवस कार्यक्रम सम्पन्”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ९ गते, बुधबार १९:३४

काठमाडौं ।नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ विषयक १ दिने अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो भने दोश्रो चरणको समापन कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नाराका साथ “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका श्रीमान् सचिव डा. राजेन्द्र प्रसाद मिश्रज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रकका अतिथिहरु क्रमश डा. राजेन्द्र प्रसाद यादव, राष्ट्रिय दुग्ध विकास वोर्ड कार्यकारी निर्देशक, पशुसेवा विभागका योजना प्रमूख डा. सुधिर कुमार सिंह, कृषि उद्यम केन्दका सभापति डि.बि बस्नेत, कृषि उद्यम केन्द्र (उद्योग वाणिज्य महासंघ) उपसभापति राजकुमार कार्की, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं डेरी उद्योग संघका नि. अध्यक्ष अरनिको राजभण्डारी, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर कुँवर, ब.उपाध्यक्ष कृष्ण सापकोटा र महासचिव राम आचार्य, सुमित केडिय नेपाल डेरी एसोसिएसन पूर्व अध्यक्ष, डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिं, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरु लगायत डेरी उद्योगीहरु सहित पत्रकार महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रस्तुतिकरण डेरी उद्योग संघको तर्फबाट अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास वोर्डको तर्फबाट अजय पोखरेल र नेपाल डेरी एसोसिएसनको तर्फबाट विषय विज्ञ सुभाष ढकालज्यूले दिनुभएको थियो । प्रस्तुति माथि टिप्पणी शिवराम सिं, अम्बर कुँवर, लाल कुमार के.सी, नरेशलाल श्रेष्ठले गरेका थिए । समापन समारोहमा आफ्ना विचार राख्दै कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेतले यस्ता किसिमका कार्यक्रमले व्यवसाय भित्र लुकेर रहेका समस्याहरु बहिर आउने र सम्बन्धित निकायहरुलाई समस्या हल गर्न सहयोग पुग्ने बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले व्यवसायीहरुले आफ्ना समस्याहरु विरामीले डक्टरलाई बताए झैं सबै नलुकाई भन्दा मात्र समस्या हल गर्न सहज भई सम्बन्धित निकायहरुको साथ र सहयोग रहने छ । अन्यथा सहज हुनुको सट्टा असहज हुने कुरा सम्बन्धित निकायले बुझ्न आवश्यक छ । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले नेपाल डेरी एसोसिएसनले साताव्यापी कार्यक्रम गरि विश्व स्कुल दुध दिवस मनाई आज मूख्य दिन सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मूख्य कार्यक्रम गरि सरोबारवालाहरु बिच दुग्ध क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरि समाधानको उपायहरु बिच छलफल गरि निश्कर्ष निकाल्ने कार्य गरेकोमा विशेष धन्यवाद भन्दै एसोसिएसनले चलाएको मोही अभियानको प्रशंसा गरे । सबैले आ–आफ्नो काम सहि तरिकाले गर्दा कहिल्यै कसैलाई पनि असहज नहुने कुरा बताउँदै मन्त्रालयमा आएका हरेक समस्याको समाधान गर्नु आफ्नो कर्तव्य भएको र मन्त्रालय त्यसै अनुसार चल्ने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन वस्तुगत सदस्यमा चलायमान संस्था भएको र सधैं आफ्नो व्यवसायको हकहितमा लागि पर्ने संस्था भएकोले आगामी दिनहरुमा पनि यसरी नै आफ्नो कार्य जारी राख्ने कुरामा विश्वास छ । निजि क्षेत्रको तर्फबाट एसोसिएसनलाई गर्नुपर्ने सबै किसिमका सहयोग महासंघका तर्फबाट निरन्तर रहिरहने बताउनुभयो । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले उपस्थित सबै निकायलाई धन्यवाद दिंदै दुधको महत्व र आवश्यकता बारे चर्चा गरे । कार्यक्रमका सभापति एवं एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रम गर्नुको उद्देश्य प्रष्ट पार्दै दुग्ध क्षेत्रको समस्या पहिचान गरि त्यसको समाधानमा एसोसिएसन संधै लाग्ने प्रतिवद्धता व्यक्त गर्दै सबै तह र तप्काको एसोसिएसनलाई सहयोग प्राप्त हुने नै छ भन्ने कुरा बताए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई उपहार स्वरुप घ्यु प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु