दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुजेन्द्र स्मृति भेट्रान चेस सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार ३:२०

अखिल नेपाल बुद्धीचाल संघको आयोजनामा प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृती राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप बुधबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष तथा राखेपका पूर्व उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र समाजसेवी शावित्री अधिकारीको पनि उपस्थिती थियो । अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेपाल उसु संघका महासचिव नवराज ढुंगानाका साथमा नेपाल बुद्धीचाल संघका सचिव मोनालिसा खुम्बूको उपस्थिती थियो । नेपाल बुद्धीचाल संघका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धीचाल संघका संयोजक दिपेन राईको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धीचाल संघका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायक अन्तराष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन्् ।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालन हुने प्रतियोगितामा ४२ जनाको सहभागिता छ । प्रतियोगितामा पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, नबिन तण्डुकार र पून्यमान कमाचार्य पनि सहभागि छन् ।
प्रादेशीक छनोटमा सफलता पाउने खेलाडीको राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता छ । एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धीचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठूलो भुमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् ।
नेपाली चेसलाई नयाँ स्वरुप र सरचनामा परिणात गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो ।
३ चरणको समाप्तीमा विलम लाल श्रेष्ठ, पुन्यमान कमाचार्य र पूर्ण राज खड्काले शतप्रतिसत अंक जोडेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु