मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

मन्त्रीको उपस्थितिमा सुदुरपश्चिम प्रदेश दुधमय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार ०३:३०

मिति २०८१ असोज ९ गते बुधबारका दिन नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नाराका साथ माननीय मन्त्री वीर बहादुर थापाज्यु (भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय ), को प्रमुख आतिथ्यतामा, डा. हेमरा अवस्थी प्रमुख भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, केन्द्रिय उपाध्यक्ष कर्ण हमाल, स्कुल ब्यवस्थापन समितिका अध्यक्ष हरि ब. गैरा, प्रधान्नाध्यापक कर्मराज चौधरी, जनप्रतिनिधि, दुग्ध ब्याबसायीहरु, पशुपालक कृषकहरु, अभिभावक सहित करिब ३०० जना बिद्यार्थीहरु उपस्थिति रहेको कार्यक्रममा सभाध्यक्ष भुपेन्द्र थापाले गर्नुभयो भने स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष राम कुँवरले गनुभएको थियो । कार्यक्रममा पन्चकन्यालाई दुध सेवन गराई कार्यक्रम उदघाटन गरिएको यस कार्यक्रम संचालन प्रदेश सचिव हर्क बहादुर चन्दले गर्नुभयो । कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई खिर खुवाई उपस्थित अतिथिहरुलाई दुध तथा दुग्ध पदार्थ समावेश भएको उपहार प्रदान गरिएको थियो ।

बागमति प्रदेश अन्तर्गत काठमाडौं, नक्साल स्थित होलडे इन होटलमा नेपाल डेरी एसोसिएसन बागमति प्रदेशको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रज्यूको प्रमूख आतिथ्यतामा सरोकारवालाहरुको उपस्थितिमा १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नाराका साथ पत्रकार सम्मेलन गरि कार्यक्रममा मोही सेवन सहित दुधपान गराई दुध तथा दुग्ध पदार्थ वितरण गरि कार्यक्रम भव्यताका साथ मनाईयो ।

साथै सिन्धुलीमा जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका विद्यार्थीलाई दूध खुवाई बुधबार १० औं विश्व स्कुल दूध दिवस मनाइएको छ । नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीको आयोजनामा विद्यार्थीलाई दूध पान गराई विश्व स्कुल दूध दिवस मनाएको हो ।

नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको सभापतित्व एवं कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई दूधबारे जानकारी दिँदै विश्व स्कुल दूध दिवस’ मनाईएको हो

कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले दूधलाई अमृतको संज्ञा दिँदै नियमित दूध तथा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । दूधमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइने भएकाले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनुपर्ने र यसको पहल विद्यालयबाट हुन सक्ने भएकाले स्कुलमा दूध दिवस मनाउन कार्यक्रमको प्रभावकारिता हुने समेत बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थबारे जानकारी गराउँदा बालबालिकालाई फाइदा पुग्ने उहाँको भनाई छ ।

एसोसिएसनका सिन्धुली जिल्ला अध्यक्ष बलराम अधिकारीले हाम्रो देशको तथ्याङ्क अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरूमा कम्तीमा बालबालिकाहरूको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पु¥याउनु पर्ने बताउनुभयो । एसोसिएसनले समय समयमा स्कुल, आश्रम, अस्पताल लगायत विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ सेवन गराउने र विविध कार्यक्रमहरू गर्ने गरेको बताउनुभयो । यसले दुग्ध क्षेत्रको विकासका लागि ठुलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु