दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा गर्दै मदन भण्डारी मेमोरियल कलेज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ११ गते, शुक्रबार ६:०६

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले शुक्रवारदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ ।

तीन दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने छन् । ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन कृषि तथा वित्तीय प्रविधि लगायतका विद्यामा खोज तथा अन्वेषण सम्बन्धी प्रस्तुति रहने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो । कलेजले’MBMC IdeaX 2024′ नामदिएर उक्त प्रतिस्पर्धा गर्न लागेको हो ।

मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्ययतामा हुने कार्यक्रम शुक्रवार बिहान ११ः३० बजे बाट सुरु हुने छ ।

प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विजेताहरू चयन गरिनेछ । सहभागीहरूले ३ देखि ४ जनाको समूहमा रही आ–आफ्नो समूहगत खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्नेछन् । विधागत ६ वटै समूहका विजेताहरुलाई रु १०,००० र सर्वोत्व्कृष्ट हुने एक समूहलाई नगद ५०,०००सहित प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख डा‍‍. बाबुराम अधिकारीले बताउनुभयो ।

प्रतिस्पर्धाको पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु