टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ११ गते, शुक्रबार ०६:१३

स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । बिहीबार राउन्ड रोविन लिगको सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो ।
सेमिफाइलनमा साविक उपविजेता नेपाल प्रहरी क्लबले अर्को विभागीय टोली नेपाल एपीएफ क्लब विरुद्ध खेल्ने छ । अर्को सेमिफाइनलमा नव प्रवेश टोली यल टेबलटेनिस एकेडेमी र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीबीच हुनेछ । सेमिफाइनल पुगेका ४ टोली मध्ये एपीएफले मात्र विदेशी खेलाडी अनुबन्ध गरेको छैन । बाँकी ३ टिमले समान २–२ भारतीय खेलाडीलाई आफ्नो टिममा समावेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा लिगको अन्तिम दिन प्रहरी ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपीएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहे । ७ टिम सहभागी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंकसाथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए । सेमिफाइनल शुक्रबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु