भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

राष्ट्रिय विपदको घडीमा सुरक्षित भएर बस्न देशबासीलाई उर्जामन्त्रीको अनुरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १३ गते, आईतवार ०८:१०

काठमाडौँ १२ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनताको जीउधनको सुरक्षामा लाग्न आफू मातहतका निकायलाई अनुरोध गर्नुभएको छ ।

मन्त्री खड्काले आज एक प्रेस विज्ञप्ती जारी गरी बिहिबारदेखि मुलुकभर परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको भन्दै थप क्षति हुन नदिन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतका निकायलाई क्रियाशिल रहन आग्रह गर्नुभएको हो ।

“मैले सम्हालेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय माताहतका सम्पूर्ण कार्यालय तथा कर्मचारी साथीहरुलाई यो विपत्तको समयमा राहत तथा उद्धारको कार्यमा खटिन तथा जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिन अनुरोध गर्दछु,”– मन्त्री खड्काद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उहाँले अझैपनि निरन्तर वर्षा भईरहेको हँुदा प्रकोपको भय कायमै रहेकाले सुरक्षित भएर बस्न सबैलाई आग्रह समेत गर्नुभयो । मन्त्री खड्काले थप क्षतिलाई न्यूनिकरण गर्न र क्षति हुन नदिन सवैले आ–आफ्नो ठाउँवाट योगदान गर्नुपर्ने बताउनुभयो ।

दुई दिनदेखि परेको अविरल वर्षाको कारण मुलुकका अधिकांश भागमा बाढी र पहिरोको प्रकोपले ठूलो मात्रामा जनधनको क्षति पु¥याएको छ । राष्ट्रिय राजमार्ग, सहायक मार्ग, पुल, तथा वस्तीलाई पहिरो एवम् बाढीले वगाएर अवरुद्ध भएका छन् । विकासको आधुनिक पूर्वधारको रुपमा रहेका जलविद्युत आयोजनाहरुमा समेत वाढीले ठूलो क्षति पु¥याएको छ ।

मन्त्री खड्काले नेपालीहरुको महान् पर्व दशैँको पूर्व सन्ध्यामा आएको यो अकल्पनीय प्राकृतिक प्रकोपले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर परेको बताउनुभयो । उहाँले आम नागरिक हरुलाई सुरक्षित स्थानमा बस्न साथै बाढी डुवान नहुने उच्च स्थानमा गएर वसिदिन आग्रह गर्नुभएको छ ।

मन्त्री खड्काले यस विषम परिस्थितीमा सुरक्षाका तिनवटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयका कर्मचारीहरुलाई राहत तथा उद्दार र प्रतिकार्यमा अहोरात्र खटिन समेत आग्रह गर्नुभएको छ ।

त्यसैगरी, उहाँले पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्था सामाजिक सङ्घ संस्था, गैरसरकारी संस्था, क्लब, सामाजिक अभियान्ता तथा आम नागरिकलाई समेत यस विपद्को घडीमा एक अर्कामा साथ र सहयोग गरेर अघि वढ्अपिल गर्नुभएको छ ।

मन्त्री खड्काले सीमित स्रोत र साधनका वावजुद पनि राहत, उद्धार र प्रतिकार्यका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाँले क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरि राहत तथा पुर्नस्थापनाको कार्यक्रमहरु घोषणा सरकारले गर्ने उल्लेख गर्नुभयो । उहाँले सबैलाई संयमित एवम् चनाखो रहन हार्दिक अपिल गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु