उर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १९ गते, शनिबार ०६:१८

काठमाडौँ, १८ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का मन्त्रालयको फोहोर व्यवस्थापनमा आँफै खटिनुभएको छ ।

मन्त्री खड्काले आज मन्त्रालयभित्र र मन्त्रालय परिसरभित्र रहेको फोहोरलाई सरसफाई आँफै खटिई कर्मचारीलाई समेत हौसला प्रदान गर्नुभयो । सरसफाई गर्ने क्रममा मन्त्रालय, मन्त्रालय अन्तर्गत रहेका सबै कार्यालयलाई सफा राख्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले मन्त्रालय र यसअन्तर्गतका कार्यालयमा रहेका पुराना प्रयोगमा नआएका सवारी साधनलाई कानूनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले आज सरसफाईको सुरुवात गरिएपनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । हामी सबैलाई स्वस्थ्य राख्न सबैले सरसफाईमा ध्यान दिनुपर्ने मन्त्री खड्काको भनाई थियो । “भोलिका दिनमा साच्ची नै मन्त्रालय सफा भएको अनुभूती आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ,”– मन्त्री खड्काले भन्नुभयो ।

मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाईले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिने बताउनुभयो । उहाँले मन्त्रालयमात्र नभई देशभरका मन्त्रालय अन्तर्गत कार्यालयमा पनि सरसफाईलाई प्राथमिकता दिएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु