पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

सत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २० गते, आईतवार १२:५८

काठमाडौं। मल्लकालिन मल्ल राजाहरुले नेवार भाषा बोल्ने गरेको र नेवार भाषामा नै गीत गुनगुनाउने गरेको तथ्य खुलासा भएको छ। मल्ल राजाहरुका नेवार भाषाका गीत गाएर चर्चामा आइरहेका शालिन गायक सत्यनारायण मानन्धरको एकल गायन सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कीर्तिपुर स्थित नेपालभाषा एकेडेमीको सभाहलमा गायक मानन्धरको एकल गायन सांगीतिक कार्यक्रम शनिवार सम्पन्न भएको हो।

नेपालभाषा एकेडमी र विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गायक कलाकार मानन्धरले १४ वटा नेवार गीतहरु गाएर मल्लकाललाई एकपल्ट सम्झाउने कोशिश गरेका थिए । उनले दुईवटा गीत निभा डंगोल र रत्नशोभा महर्जनसंग युगल गीत गाएका थिए। त्यस्तै, तीनवटा मल्ल राजाहरुले रचेका नेवार गीतहरु गाएर नविनताका साथ इतिहासलाई प्रस्तुत गर्ने कार्य गरे ।

उक्त सांगितिक कार्यक्रममा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा साहित्यकार प्रतिसरा साय्मिले मल्ल राजाहरुले रचेका गीतहरुको भावार्थ प्रस्तुत गरे । नेपालभाषा एकेडमीका उपकुलपति मल्ल के सुन्दरले जनकवि दुर्गालाल श्रेष्ठको रचना र गायक मानन्धरको गायकीको बारे चर्चा गर्ने क्रममा दुर्गालालको अद्भूत शब्दको अभिव्यक्तिलाई श्रोतालाई अनुभूति प्रदान गर्न सक्ने कलाकारको रुपमा चित्रण गरे ।

एकेडमीका प्राज्ञ एवम् वरिष्ठ कलाकार अमरराज शर्माले धन्यबाद् ज्ञापन गरेको थियो भने एकेडमीका सदस्य सचिव डा पुष्पराज राजकर्णिकारले गायक–कलाकार मानन्धरलाई मायाको चिनो प्रदान गरेको थियो । वरिष्ठ कलाकार वीरप्रसाद भंसारीले संचालन गरेको उक्त एकल सांगीतिक कार्यक्रममा सुन्दरकुमार महर्जनले डम प्याड, लक्ष्मीप्रसाद डंगोलले तबला र धिमेय्, विजय बज्राचार्यले बेस गीतार, राहुल भुजेलले कीबोर्ड, संजीव मैनालीले बाँसुरी र प्रवीण श्रेष्ठले गीतार बजाएर मनमोहक सांगीतिक माहोल सिर्जना गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु