काठमाडौं । युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप) नेपाल नेशनल च्याप्टरले दशैको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। युनिप नेपालका अध्यक्ष भिक्षु राजु कोन्दन लामाको सभाध्यक्षता माझ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा यूनिप नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रविराज शाही र राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालले श्रीलंकाको हालैको भ्रमणको समिक्षा गर्नुहुँदै अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न र शान्ति प्रवर्द्धन गर्न संस्थाको निरन्तर प्रयास रहनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष राजु कोन्दन लामाले युनिप नेपालले मानवीय कार्यमा सक्रियताका साथ संलग्न हुनुपर्ने आवश्यकता औंल्याउनुहुँदै हालै नेपालका अधिकांश भागमा आएको बाढिको प्रकोपबाट पीडितहरूलाई सहयोग गर्न र सामाजिक कल्याणको लागि संस्थाको प्रतिबद्धता झल्काउँदै वृद्धवृद्धा र अनाथहरूलाई समेत सहयोग गर्न आवश्यक रहेको बताउनुभयो।
दशैको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम माझ डेरी एशोसिएसन नेपालको संयोजनमा मोही पान कार्यक्रम समेत संचालन गरिएको थियो । दशैको अवसरमा युनिप नेपालद्धारा आयोजित यस कार्यक्रमले शान्ति प्रबद्र्धन तथा सामुदायिक सेवाको भावनालाई सुदृढ गर्न एकताबद्ध भई अघि बढनुपर्नेमा जोड दिएको युनिप नेपालका प्रेस तथा पब्लिकेशन संयोजक सरोज ओझाले जानकारी दिनुभयो ।