ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २२ गते, मंगलवार ०५:५९

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ ।

आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो ।

अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् ।

कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो,’ सहमालिक घिमिरेले भने, ‘हाम्रो योजनाअनुसार नै तीन खेलाडी समावेश गरेका छौं ।’

निर्देशक गृहेन्द्र घिमिरेले केही खेलाडी छुट्न गएको स्मरण गर्दै उनीहरुलाई टोलीमा समावेश गर्ने तयारी भएको बताएका छन् । ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुल्ला छ । छुटेकालाई त्यसबाट समावेश गर्छाै ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले ए श्रेणीबाट गुल्शन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्ती सहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णाली याक्सले दश खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स एक करोड ११ लाखमा कर्णाली याक्स स्वामित्वमा लिएको थियो ।

निर्देशक गृहेन्द्र घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी गराएका छन् । ‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा देखिन्छन् । अब, विश्वचर्चित विदेशी खेलाडीअनुबन्ध गर्दै टोली थप बलियो बनाउँछौं र उपाधि जित्न खेल्नेछौँ ।’

एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु