दसैँ र मोहनीबिच समानता र असमानता ‘विषयक विचार-गोष्ठीको आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार ०५:५५

काठमाडौं ।नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा (मातृभाषा, कोश र व्याकरण) विभागले ‘दसैँ र मोहनीबिच समानता र असमानता ‘विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो ।

प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर उक्त विचार-गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा
साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख डा. मधुसूदन गिरीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्य बारे प्रकाश पार्दै दसैँ मानिसका विश्वास, आदर्श र विचारका दृष्टिकोणबाट अघि बढ्दै आएको छ । कालीको हिंसात्मक र विभत्सव स्वरूपको दसैँमा पुजाआजा गरिँदै आएको देखिन्छ । जव मातृसत्ता सकियो तव पितृसत्ताले कालीको तस्बिरलाई विभत्सव स्वरूपमा बदलेको हुन सक्ने आँकलन गर्नुभएको थियोे । दसैँ र नेवार जातिको मोहिनीबिचको सांस्कृतिक भेदका बारेमा गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गर्नु भएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् मातृभाषा(मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली’अगिब’ले नेवार जातिको मौलिक सांस्कृतिक पर्व मोहिनी र दसैँको भिन्नताबारे अध्ययन गर्ने उद्देश्यले कार्यक्रम राखेको बताउनुभएको थियोे। उहाँले विभिन्न मातृभाषीका भाषा र संस्कृतिबारे विमर्श गर्दै जाने कुरामा जोड दिनु भएको थियोे । यसैगरी प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले समेत उक्त विचार-गोष्ठीमा भाग लिनु भएको थियोे ।
कार्यक्रममा ‘दसैँ र मोहिनीमा भेद र समानता’ विषयक कार्यपत्र ९४ वर्षीय संस्कृतिविद् तथा शिक्षाविद् फणीन्द्ररत्न वज्राचार्यले प्रस्तुत गर्नु भएको थियोे । उहाँले ‘वैदिक सनातन धर्म मान्नेहरूले अश्विनशुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन मनाउने पर्वलाई दसैँ भन्दछन् । नेवारहरूको कूछि भ्वय, स्याकोत्याको र चालको ३ दिन आफ्ना कुलदेवताको अगाडि माटाका पालामा बत्तीको कालो ध्वाँसा बाप्ने गर्दछन् । यसैलाई मोहनी भनिन्छ । चालंको दिन प्रसाद स्वरूप पहेँलो, रातो र कालो टीका लगाई जमरा कानमा भिरेर सेतो रातो कपडाको तुलबाला (माला) लगाउने गर्दछ । कतै रातो तुलबाला त कतै रातो र सेतो मिसाएको तुलबाला लगाउने चलन छ। यो चाँडको मुख्य प्रसाद अर्थात् कालो टीका अर्थात् मोहनी भए‌काले चाँडको नाम ‘मोहनी’ रहन गएको हो। मोहनी लिच्छवीकाल हुँदै मल्लकालमा पाय: अर्थात खड्ग जात्रा, तुलजा देवी र कुमारोसंग जोडिएर चल्दै आएको पर्व हो । यसरी दसैँ र मोहनी नाममा भिन्नता रहन गएको हो।’भन्ने उल्लेख गर्नुभएको थियोे ।
कार्यपत्रमाथि संस्कृतिविद् हरिशरण शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट शाक्य सरेन, मंगला करञ्जित, शेषनारायण महर्जन, मोहिनी चित्रकार, नरेशवीर शाक्य, गेहेन्द्रगोपाल गुरुवाचार्य, प्रताप सिंह तामाङ, राजु शाक्य र डा. बज्रमुनि बज्राचार्यले आफ्नो धारणा र जिज्ञासा राख्नु भएको थियोे ।
कार्यक्रममा माेहनीकाे मालश्री धुनमा लाेककवि राजाभाइ जकःमिले आफ्नो
माेहनी लोककविता वाचन गरेर सङ्गीतमय माहाैल बनाउनु भएको थियोे ।
कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु