तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मनीष र दावा छनोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार ६:००

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि २ पुरुष खेलाडी मंगलबार छनोट भएका छन् । नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एकदिने छनोट प्रतियोगिताबाट २ खेलाडी छनोट भएका हुन् ।
पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनीष कार्की छनोट भएको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जनाएका छन् । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे । पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता जापानमा फेब्रुअरी २२ देखि २५ तारिखसम्म हुनेछ ।
छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती रहेका छन् । खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको अध्यक्ष बस्नेतले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु