दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुकुम्बासी बस्तीमा वसोवास गर्ने करीव १०० जना बाढी पिडितलाई दशैं कपडा वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार ६:४८

काठमाडौं ।नेपाल खेलकुद महासङ्घ, समाजसेवी सुरज सेडाई र उमा सेडाई (श्री पाथीभरा देवी इम्पोरियम) तथा नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य साथै बुनपा वडा नं. १० का वडा अध्यक्ष नमराज भट्टराईको पहलमा कामनपा वडा नं १४ बल्खु खोला आसपासको सुकुम्बासी बस्तीमा वसोवास गर्ने करीव १०० जना बाढी पिडितलाई दशैं कपडा वितरण गरिएको छ।

नेपाल खेलकुद महासंघकी उपाध्यक्ष नन्दा बस्याल, श्री पाथीभरा देवी इम्पोरियमका समाजसेवी सुरज सेडाई र उमा सेडाई, नेकपा एमाले काठमाडौँ सदस्य तथा बुनपा वडा नं. १० का वडा अध्यक्ष नमराज भट्टराई, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य जगत सिह धामी, नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुर्य बहादुर बुढाथोकी, नेपाल खेलकुद महासंघका सचिवालय सदस्य सुदीप खड्का र आशिष राई, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य टिका दाहाल र बिन्दा पुरी, समाजसेवी सुशीला ढकाल, सीता कार्की र सेरीका खड्‌का लगायतको सहभागितामा राहत वितरण कार्य सम्पन्न भएको थियो।

नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुर्य बहादुर बुढाथोकीले चाडपर्वको मुखमा उजाडिएको त्यो बस्तीलाई थोरै भएपनि मलमपट्टि गर्ने प्रयास गरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु