भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार १८:०६

काठमाडौं, असोज २३ गते । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश गरिएको छ ।
भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । उक्त खेलमा भगवती विजयी भएकी थिइन् । सोही गतिविधिका कारण भगवतीको नाम वल्र्ड बुक अफ रेकडर््मा समावेश गरिएको हो ।
रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड भएको भगवतीले जानकारी दिइन् ।
उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए ।
वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमानका लागि पहल भइरहेको भगवतीले जनाएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु