दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राईको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार १८:१६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) करातेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईलाई बुधबार बिदाइ गरिएको छ । प्राविधिक प्रथम श्रेणी राईले ५८ वर्षे उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश पाएका थिए ।
राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा कराते प्रशिक्षकमा राखेपमा सेवा प्रवेश गरेका थिए । त्यसएता उनले तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) मा उप–निर्देशकको जिम्मेवारी पनि सम्हाले । नेपालमै भएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दा राई राष्ट्रिय टिम तयारीका निर्देशक थिए । तेश्रो वृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका राईले करातेका विभिन्न अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा पनि सहभागिता जनाए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतका कर्मचारीले राईलाई बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु