मेरो प्यारो जन्मभुमीको पुजा गरेर बसेको छु
यहाँको सुन्दर प्रकृतिमा रमाएर बाचेको छु
पवित्र भुमी यो बुद्ध भुमी भनेर चिनिन्छ
वीर भुमी ,मातृभुमी लाखचोटी प्रणाम छ
शान्ति भुमि भनेर विश्वमा चिनिन्छ
हिमाल,पहाड र तराई सुन्दर भुमि छ
यहाँको जनतरङ्गले मनलाई छुन्छ
सबै देशवासिमा एकता छ
मेची,महाकालीले नेपाल आमालाई खोजेको छ
तिमी नै पवित्र भुमी,तिम्रो महिमा अपार छ
यो देश ,यहाँको सुन्दरताले सबैलाई बोलाएको छ
जन्म भुमी,कर्मभुमी लाखौं प्रणाम छ
लेखक : गोबिन्द राज ओझा (राजन )