पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

ब्राइट फ्युचरद्वारा आईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार १५:३८

काठमाडौं, कात्तिक ३ गते । नैकापस्थित ब्राइट फ्युचर स्कुलले आईएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको छ ।
अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आईएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट ३ खेलाडी, २ प्रशिक्षक र १ टोली प्रमुखसहित ६ जनालाई सफलताको शुभकामनासहित बिदाइ गरियो । पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उप मेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निबिता केसीले प्रतिस्पर्धा गर्ने छन् । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निबिताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहेका छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन् ।
उनीहरुसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्ने छ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबार बहराइन प्रस्थान गरेका छन् ।
आईएसएफको आयोजनामा हुने प्रतियोगितामा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउदै छ । नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (४ टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन् ।
यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २० औं संस्करण हुन लागेको हो । प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको सचिव रेग्मीले जानकारी गराए । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु