पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

पौडीमा २ राष्ट्रिय कीर्तिमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, आईतवार ०७:०२

नेपाल पौडी संघले वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको छ । शनिबार भएको उक्त प्रतियोगिता मा २ महिला र २ पुरुष गरी ४ खेलाडी छनौट भएका छन् । सातदोबाटो स्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा २ नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको छ । २०१३ को साफ गेममा नासिर हुसेनको नाममा बनेको राष्ट्रिय कीर्तिमान भंग गर्दै ४०० मि फ्रीस्टाइलमा अथर्भ सिंहले निर्धारित दूरी ४ मिनेट १६.०८ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाए । हुसेन को उक्त समय ४ः३३ः०५ थियो ।
अर्को २०१० मा सप्पन्न १० औं फिना वर्ल्ड कपको दौरान शैलेस सम्सेर जङ्ग बहादुर रानाको नाममा रहेको १०० मिटर आइएम को रास्ट्रीय कीर्तिमान तेन्जिङ रायन नाम्डोल गुरुङले बिस्थापित गरिएको छ । गुरुङले १ः०३ः१९ समयमा नयाँ रेकर्ड बनाएको छ । रानाको १ः०९ः२० समय रहेको थियो ।
पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलामा दुवाना लामा र अनुसिया तन्डुकारलाई छनौट गरेको छ । अक्वा टाइमको आधारमा खेलाडी छनौट गरिएको छनौट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाएका छन् । वल्र्ड एक्वेटिक्स हङ्गेरिको बुडापेस्टमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु