पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

आईएसएफ जिम्नासाइडको नेपालका नोर्बुद्वारा कम्तीमा रजत पक्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ११ गते, आईतवार ०६:४९

कात्तिक १० गते । आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालले शनिबार कम्तीमा रजत पदक पक्का गरेको छ । यु–१८ उमेरसमूहको आईएसएफ जिम्नासाइडको पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पा फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का भएको हो । नेपालकै सूर्यान वैद्यले भने कांस्य जितेका छन् ।
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको सेमिफाइनलमा नोर्बुले बहराइनका अनास अल जलाकीलाई आरएससी (रेफ्री स्टोप कन्टेस्ट) का आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । प्रतिद्वन्द्वीलाई बारम्बर मुक्का प्रहार गर्ने खेलाडीलाई निर्णायकले आरएससीका आधारमा विजेता गर्ने प्रावधान छ । मंगलबार हुने फाइनलमा नोर्बुको भेट ब्राजिलका रेजेन्डे डि क्रुजसंग हुने प्रशिक्षक दीपक महर्जनले जनाएका छन् । दीपक उनै खेलाडी हुन् जसले ग्वाङझाव एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगएका थिए । त्यो एसियाडमा दीपकले कांस्य जित्दै नेपालको पदक खडेरी तोडेका थिए ।
नोर्बुको स्पर्धामा चार राष्ट्रका त्यत्ति नै खेलाडी थिए । दोश्रो अन्तर्राष्ट्रिय सहभागितामै नोर्बु पदक जित्न सफल भए । करिब १ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिप उनको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नोर्बु राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा आफ्नो तौलसमूहका रजत विजेता हुन् । करिब ५ वर्षअघि बक्सिङ खेल्न सुरु गरेका कपन बस्ने नोर्बु लोयल्टी एकेडेमीका कक्षा १२ मा अध्ययनरत छन् ।
खेलपछि छोटो प्रतिक्रया दिदै नोर्बुले रजत पदक पक्का गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वर्णका लागि सक्दो प्रयास गर्ने बताए ।
‘देशलाई र करियरको पहिलो पदक पक्का गर्न पाएको एकदमै खुशी र गर्व लगेको छ । फाइनलमा अझ उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्ने प्रयास गर्ने छु ।’– नोर्बुले भने । प्रशिक्षक महर्जनले सोचे अनुरुपको प्रदर्शन गरेको बताउदै नोर्बुबाट स्वर्णको आशा गरेको बताए ।
यसअघि शनिबारै भएको जुनियर पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्य पराजित भए । सूर्यान सेमिफाइनलमा युक्रेनका हलिब इभान्चुकसंग ४–१ ले चुके । ५ राष्ट्रका पाँचै खेलाडी सहभागी स्पर्धामा वाइ पाउदै सूर्यान सेमिफाइनलमा प्रवेश गरेकाले उनको पनि कांस्य पदक निश्चित भएको छ ।
नेपालबाट बक्सिङमा ५ खेलाडी सहभागी छन् । २ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुष ४६ केजीमुनि रोहित जनालाले अर्मेनिया तथा महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले ब्राजिलकी खेलाडीसंग सोमबार प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६३ केजीमुनि नेपालका युनिक राईको चुनौती समाप्त भइसकेको छ ।
बक्सिङमा नेपालका अनिलप्रसाद दाहालले निर्णायकाको भूमिका निर्वाह गरिरहेका छन् । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने दाहाल एक्लो नेपाली हुन् । प्रतियोगितामा समावेश २६ खेल मध्ये नेपाल ५ खेलमा सहभागी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु