साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १२ गते, सोमबार ०७:५४

काठमाडौं, ११ कार्तिक । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालको जितमा गोलकिपर अञ्जना रानामगर नायक बनिन् ।

ट्राइब्रेकरअघिको खेलमा १० खेलाडीमा सिमित नेपाली टोली सावित्रा भण्डारीको निर्णायक गोलसँगै खेलमा फर्किएको थियो । नेपालकी खेलाडी रेखा पौडेलले रातो कार्ड व्यहोरेकी थिईन् । नेपाल उपाधि भिडन्तमा बंगलादेश प्रतिद्धन्द्धी पाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु