सेफ सोसाइटी साइप्रसले तिहार बिशेष साङ्गितिक कार्यक्रम धुमधामको साथ साइप्रसमा मनाउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, मंगलवार ०६:२४

युरोप/प्रकाश बराइली

शुभ दिपावाली २०८१ तथा छठ पर्वको शुभ अवसरमा “अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस” ले साइप्रसको लिमासोलमा बृहत् साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ । साइप्रस तथा देश-बिदेशमा छरिएर रहनुहुने समस्त नेपालीहरुमा शुभ दिपावली तथा छठ पर्वको शुभकामना अर्पण गर्दै यहि आउदो नोभेम्बर १० तारिक आइतबारका दिन कार्यक्रम आयोजना भईरहेको आयोजक टिमले बताएको छ ।
साइप्रसमा रहनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै, नेपालीहरुको महान चाडमा बिदेशमा नै रहे पनि भरपुर मनोरञ्जन प्रदान गर्ने तथा नेपाली गित सङ्गीत, परम्परा, रितिरिवाजको प्रबर्द्धन गर्ने उदेश्यका साथ हाल साल मात्र गठन भएको “अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी” (भान्से घर) ले पहिलो पटक नेपालबाट ख्यातिप्राप्त कलाकारहरू लाई निमन्त्रणा गरि “तिहार विशेष सांस्कृतिक कार्यक्रम” गर्न लागेको हो । सीप र मिठासले भरिएको नेपाली सेफहरुकै हातबाट बनिने नेपाली खाना, राष्ट्रिय कलाकारहरु तथा स्थानीय नेपाली कलाकारहरुको बेजोड गायन तथा नृत्य प्रस्तुतिहरुले कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्ण दर्शक महानुभाव हरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी आयोजक टिमले शुरु गरिसकेको छ ।


कार्यक्रमको मुख्य आकर्षकमा नेपालका चर्चित कलाकारहरु रामजी खाँड र दिपक लिम्बुको गायन प्रस्तुतिहरु रहने छन भने साइप्रसका स्थानिय नेपाली कलाकार हरुको नृत्य तथा गायन प्रस्तुतिहरु ले सहभागी सम्पुर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने अन्तर्राष्ट्रिय सेफ सोसाइटी भान्से घर साइप्रसले जानकारी दिएको छ । कार्यक्रम साइप्रसको लिमासोलको Trikkis Palace मा हुने भएको छ। र साइप्रसको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विद्यार्थीहरु, संघ-संस्थाहरु, अग्रज तथा बुद्धिजीवीहरु सम्पुर्णमा आयोजक टिमले सादर निमन्त्रणा गर्दै २०८१ सालको शुभदिपावली तथा छठ पर्बको एक आपसमा सुभकामना आदानप्रदान र मनोरञ्जन गर्नको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु