भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

उमंग टोलमा स्थानीय समाबेश गराई देउसी भैलो खेलिने “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, मंगलवार १०:२१

काठमाडौँ जिल्ला, बुढालिलकण्ठ नगरपालिका – ८, स्थित रुद्रमती नदी (धोबीखोला फाँटमा) अवस्थित , उमङ्ग टोल सुधार समाजको स्थापना २०७२ साल पौष २ गते ” हाम्रो टोल राम्रो टोल,राम्रो टोल उमङ्ग टोल”भन्ने नाराका साथ शुरु भई हालसम्म निरन्तर स्थानीय सरकारको वडा तथा नगरपालिका वा नेपाल सरकारको सम्बन्धित इकाइहरूमा र विभिन्न संघ संस्थाहरूसँग टोलको विकास निर्माणको काममा समन्वयकारी भूमिका निर्वाह गर्दै समाजको उद्देश्य अनुरुप टोल सुधार समाजको कार्यमा लागिपरिरहेको छ । समाजले सुरुवातीकालदेखि नै नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक चाडपर्वहरू जस्तै – दशैं, तिहार, छठ र विविध पर्वहरुमा समाजले अगुवाइ गर्दै कार्यक्रम आयोजना गरि टोलबासीहरुलाई जमघट गराउने गरेको छ ।वर्षेनी तीज वनभोजका कार्यक्रमहरु गरी टोलबासीहरूको बीचमा ऐक्यबद्धता जनाउँदै आपसी मेलमिलाप सद्भाव कायम राख्दै आएको कुरा यसको महत्वपूर्ण पक्ष रहेको छ। यस वर्ष पनि समाजले टोलभित्र टोलबासीलाई नै सहभागी गराउँदै देउसी भैलो खेलिने कुरा अध्यक्ष श्रेष्ठले जानकारी गराए । यसरी देउसी खेल्दा देशको संस्कृती जगेर्ना हुनुको साथै स्थानीय बिच घुलमिल हुन र बालबालिका बिच आफ्ना रितिरिवाज र पर्वको बारे जानकारी गराउन ठूलो सहयोग पुग्ने कुरा समाजका सचिव यम खड्काले बताए ।

यसै अनुरूप बडा दशैंको शुभ-कामना आदानप्रदान कार्यक्रम र तिहार (दीपावलीको) अवसर पारेर वर्षेनी जसो संस्कृतिको जगेर्ना गर्दै देउसी भैलो खेल्ने काममा सक्रिय भई लागि परिरहेको छ। देउसी भैलो खेलेर प्राप्त भएको दक्षिणा स्वरूप रकमहरू संस्थाकै नाममा जम्मा गरी समाजमा भैपरि आउने कार्यहरूमा खर्च गरिँदै आएको छ। देउसी भैलोबाट प्राप्त भएको रकम र टोल सदस्यहरूबाट वर्षेनी सदस्यता शुल्क वा नवीकरण बापत उठेको रकम बैंकमा एकमुष्ट जम्मा गरी निम्न कार्यहरूमा खर्च गरिँदै आएको छ।
१, समाजमा मरिमराउ मा मृतकको नाममा श्रद्धाञ्जली सभा गर्दै शोकमा परेका परिवारजनमा समावेदना पत्र सहित केही खाद्य वस्तुहरु लिएर जाने गरेको छ ।
२, टोलमा भएका प्रत्येक जसो बिजुलीको पोलमा पोलबत्ती जडान गरी टोललाई उज्यालो बनाउँदै आएको छ ।
३, दैविक आपत बिपतमा परेका परिवारजनमा सहयोग गर्दै आएको छ ।
४, सम्बन्धित वडा वा नगरसँग समन्वय गरी टोलमा भएका सडकहरूलाई स्तर उन्नति र बिग्रिएका भत्किएका सडकहरू मर्मत कार्यमा पहल कदमी गरिँदै आएको छ ।
५ ,अन्य सामाजिक विविध क्षेत्रमा टोलले आपसी ऐक्यबद्धता जनाउँदै आएको छ।

यसरी हेर्दा यो समाज एक नमुना समाजको रुपमा स्थापना भएको छ र सबैको आकर्षण पनि रहेको छ । अहिले यो समाजमा १०० भन्दा बढि सदस्य रहेका छन् भने दिन दिनै सदस्यको संख्या बढ्ने क्रममा रहेको कुरा समाजका अध्यक्ष नरेश श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठ पूर्व शिक्षक रहि हाल रिटार्य जिवन सँगै सामाजिक काममा सक्रिय रहेका छन् । श्रेष्ठ अत्यन्तै मिलनसार, मिहिनेती, इमानदार, लगनशील र केहि गरौं भन्ने भावना रहेको ब्यक्ति भएको कुरा स्थानीयहरु बताउँछ्न् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु