शर्मिला विश्वकर्मा, काठमाडौँ
विभिन्न समयमा मनाउँदै आइएका दिवसहरू मध्ये अन्तर्राष्ट्रिय संरक्षक दिवस पनि एक हो । यो दिवस विशेष गरी पूर्ण तथा अति सशक्त अपाङ्गता भएका व्यक्तिहरू जसलाई उनीहरूका दैनिक क्रियाकलापहरू लगायत अन्य कार्यहरू सम्पन्न गर्नका लागि संरक्षकको आवश्यक हुन्छ । तर हाम्रो देशमा यस्ता अपाङ्गता भएका व्यक्तिहरूका संरक्षक भनेको नै उनीहरूका अभिभावकहरू हुन । संरक्षकहरूको पनि स्वस्थ रूपमा स्वास्थ्य हुनु पर्ने, उनीहरूले पनि आफ्नो लागि आराम गर्न, मनोरञ्जन गर्न, रोजगारी रमा सहभागी हुन पाउनु पर्ने हुन्छ । तर पनि हाम्रो देशका संरक्षकहरूले यस्तो सेवा सुविधा प्राप्त गर्नबाट वञ्चित रहेका छन् ।
त्यसैले संरक्षकहरूको हक हित र अधिकार सुनिश्चित गरिनु पर्ने र यस विषयमा जनचेतना जगाउने उद्देश्यले अन्तर्राष्ट्रिय हरेक वर्ष अक्टोबर २९ तारिका दिन अन्तर्राष्ट्रिय संरक्षक दिवस मनाउने गरिन्छ । सोही अनुरूप यस वर्ष पनि हिजो अक्टोबर २९ तालिका दिन आगमन संरक्षण समाज मनाउँदै आइएको छ । यसै सन्दर्भमा यस वर्ष आगमन संरक्षण समाज भक्तपुरको आयोजनामा ” परिवर्तनका लागि सहयात्रा ” भन्ने मूल नारा सहित तेस्रो अन्तर्राष्ट्रिय संरक्षक दिवस मनाइएको छ ।
यस दिवसको अवसरमा पूर्ण तथा अति असक्त र अन्य अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू, सरोकारवाला निकायका प्रतिनीदहरू सहितको सहभागितामा काठमाडौँको शान्ति बाटिकाबाट र्यामलीको निकालिएको थियो । उक्त र्यादलीको उद्घाटन मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी प्रमुख शुशिलमान सिंह प्रधान र प्रोफेसर डा. तिमीला यामीले संयुक्त रूपमा रिबन काटेर गर्नु भएको थियो । जनचेतनाका लागि शान्ति बाटिकाबाट निकालिएको र्या ली जमल, घण्टाघर हुँदै प्रज्ञा भवनमा गएर शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भयो ।
यस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी प्रमुख शुशिलमान सिंह प्रधानले यस संरक्षक दिवस विश्वव्यापी रूपमा विश्वमा नै मनाउँदै आइने भन्दै अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूको सु-स्वास्थ्य, आराम, आफ्नै लागि पनि समय उपलब्ध गर्न सकियोस् साथै राज्यले उनीहरूको हक हित र अधिकार सुनिश्चितताका लागि काम गर्नु पर्ने बताउनु भयो । साथै उहाँले २४ करोड ९ लाख संरक्षकहरू रहेको र आफ्नो पनि सुरक्षा, आराम, तथा अन्य सहजताका लागि सबै निकायहरूले काम गर्न जरुरी रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा आयोजक संस्था आगमन संरक्षण समाजकी कार्य बाहक अध्यक्ष सुशीला मल्ल ठकुरीले संरक्षक सबै जनालाई आवश्यक हुने तर ती संरक्षकहरूका लागि समय नहुँदा, उचित स्वास्थ्य सेवा नपाउँदा, २४ सै घण्टा अपाङ्गता भएका सन्तानको स्याहार सुसार गरी रहनु पर्दा उनीहरूको मानसिक अवस्थामा नराम्रो असर गर्ने बताउनु भयो । साथै उहाँले यस विषयमा सबैले साथ सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी प्रोफेसर डा. तिमीला यामीले संरक्षक सबैका लागि अति आवश्यक हुन्छ । त्यसै उनीहरूको हक हित र अधिकारका लागि सबै निकायहरूले सम्बन्धित निकायमा आवाज उठाउनु पर्ने बताउँदै यस दिवसको अवसरमा सबैलाई शुभकामना दिनु भयो ।
यस कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष विनोद कुमारराज भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूले धेरै नै दुःख, कठिनाइ तथा चुनौतीको सामना गर्ने पर्ने भएकोले उनीहरूको आराम तथा हितको लागि हामी सबैले काम गर्नु पर्ने बताउनु भयो । साथै उहाँले आगामी वर्षमा संरक्षक दिवस मनाउनका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
तेस्रो अन्तर्राष्ट्रिय संरक्षक दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको सो कार्यक्रममा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएका सन्तानहरूको स्याहार सुसार गर्दा गर्दै निम्तिएको शारीरिक, मानसिक लगायतका चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला निकायहरूले साथ दिनु पर्ने र राज्यले पनि संरक्षकहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रम बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल तथा संरक्षक सञ्जालका सदस्य राजु बस्नेतले हाम्रो ऐन, कानुन तथा नीति नियमहरूले अभिभावकहरूको संरक्षण गरिनु पर्ने, यसका लागि वकालत तथा पैरवी गरिनु पर्ने कुरामा जोड दिँदै शुभकामना व्यक्त गर्नु भयो ।
यस कार्यक्रममा आयोजक संस्था आगमन संरक्षण समाजकी सचिव लक्ष्मी बस्नेतले सरोकारवाला निकायहरू तथा निजी क्षेत्रले पनि अपाङ्गता भएका व्यक्तिहरूका संरक्षकहरूका विभिन्न चुनौतीहरूको समाधानका लागि, उनीहरूको हक अधिकार सुनिश्चित गर्नका लागि सबै सरोकारवाला निकायहरूले ध्यान दिनु पर्ने बताउनु भयो ।
यसै क्रममा बहिरादृष्टिविहिन अभिभावक समाजका अध्यक्ष तथा संरक्षक सञ्जालका सदस्य लाक्पा नोरु शेर्पाले २४ सै घण्टा अपाङ्गता भएको सन्तानको स्याहार सुसार गरेर बस्दा मानसिक तनाव हुने, बाहिरी कुनै पनि कार्यलाई सफल बनाउन असहज नहुने, स्वास्थ्य अवस्था बिग्रिने लगायतका समस्याहरू रहेको बताउनु भयो । यस विषयमा राज्यको ध्यान केन्द्रित हुन पर्ने बताउनु भयो ।